सुदूरपश्चिम प्रदेश सरकार

भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रालय

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय

मत्स्य विकास केन्द्र

गेटा , कैलाली


परिचय

यस केन्द्रको स्थापना आ.व. २०३२/०३३ सालमा भएको हो | यो केन्द्र धनगढी उप-महानगरपालिका देखि ९ किलो मिटर उत्तर तथा महेन्द्र राजमार्गको अत्तरियाबाट ५ किलो मिटर दक्षिण धनगढी-डडेल्धुरा राजमार्गकोपश्चिमतर्फ गोदावरी नगरपालिका वा.नं.५ मा अवस्थित छ | यो केन्द्र ८० डिग्री पुर्व देशान्तर तथा २८ डिग्री उत्तर अक्षांशमा रहेको छ | यस केन्द्रको कुल क्षेत्रफल १२.८५६ हे. रहेको छ | नयाँ सांगठानिक संरचना बमोजिम आ.ब. २०७५/७६ देखी यो केन्द्र सुदूरपश्चिम प्रदेश अन्तर्गत रहेको ।

उदेश्य

उन्नत जातका मत्स्य विज उत्पादन गरी बिक्री वितरण गर्ने तथा निजी क्षेत्रको संलग्नतामा राष्ट्रिय मत्स्य उत्पादन वृद्धि टेवा पुर्याउने | मत्स्य उत्पादन गर्न प्रभावकारी प्रबिधि परिमार्जन गरी उत्त नतिजा तालिम तथा प्रसारको माध्यमबाट कृषक समक्ष पुर्याउने | मत्स्य पालनमा संलग्न कृषक एवं व्यवसाथीहरु आवस्यक प्राविधिक सर-सल्लाह एवं सेवा टेवा प्रदान गर्ने | खेर गई रहेका जलाशयहरुको सदुपयोग गर्न कृषकहरुलाई अभिप्रेरित गरी रोजगारीका अबसरहरुमा वृद्धि गराउनाका साथै कृषकको आय आर्जनमा मद्दत पुर्याउने | बढ्दो मत्स्य बिजको मागलाई पुरा गर्न निजी क्षेत्रलाई माछा भुरा आपुर्तिको कार्यमा बढि संलग्न गराउन मत्स्य ह्यचरी तथा नर्सरीको विकास एवं विस्तार गर्न प्रोत्साहित गर्ने र आवस्यक प्राविधिक सहयोग एवं सेवा टेवा प्रदान गर्ने |

केन्द्रको जिम्मेवारी

प्राकृतिक जल सम्पदामा सम्पन्न र बिगत वर्षहरु देखि तिब्ररुपमा वृद्धि हुदै गएको कृतिम जलाशयहरुले परिपूर्ण सुदूरपश्चिम प्रदेशमा अवस्थित यस मत्स्य बिकास केन्द्रको कार्यक्षेत्र मुख्य रुपमा तराईका दुई जिल्लाहरु कैलाली र कंचनपुर हो | यस बाहेक यस प्रदेशका पहाडी जिल्लामा मत्स्यपालनमा संलग्न कृषकहरुलाई प्राविधिक सहयोगका साथै मत्स्य बिज उपलब्ध गराउदै आएको छ | बिगत बर्षहरु देखि पहाडी जिल्लाहरुमा मत्स्यपालनको प्रचुर सम्भावना र प्राणी प्रोटीनका लागि सहज उपलब्ध हुने माछापालनको विस्तार हुदै गएको र ती क्षेत्रहरुमा प्राविधिक सेवा र मत्स्य बिजको आपुर्तिको जिम्मेवारी पनि यसै मत्स्य बिकास केन्द्रको रहेको छ | यस केन्द्रबाट उत्पादन भएको मत्स्य बिजहरु यस प्रदेश बाहेक बाँके र बर्दिया जिल्लामा समेत बिक्रि वितरण भईरहेको छ |

© 2024 Copyright : मत्स्य विकास केन्द्र, गेटा , कैलाली
Last Updated: 2080-01-24
Developed By: Ninja Infosys Pvt. Ltd.