परिचय

मत्स्य विकास केन्द्र गेटा, कैलाली
यस केन्द्रको स्थापना आ.व.2032.33 सालमा भएको हो । यो केन्द्र धनगढी उप-महानगरपालिका देखि ९ किलो मिटर उत्तर तथा महेन्द्र राजमार्गको अत्तरियाबाट ५ किलो मिटर दक्षिण धनगढी–डडेल्धुरा राजमार्गको पश्चिमतर्फ गाेदावरी नगरपालिका वा.नं.५ मा अवस्थित छ । यो केन्द्र ८० डिग्री पुर्व देशान्तर तथा २८ डिग्री उत्तर अक्षांशमा रहेको छ ।

 उद्देश्यः

  • उन्नत जातका मत्स्य वीज उत्पादन गरी विक्री वितरण गर्ने तथा निजी क्षेत्रको संलग्नतामा राष्ट्रिय मत्स्य उत्पादन वृद्धिमा टेवा पुर् याउने ।
  • मत्स्य उत्पादन गर्न प्रभावकारी प्रबिधि परिमार्जन गरी उक्त नतिजा तालिम तथा प्रसारको माध्यमबाट कृषक समक्ष पुर् याउने ।
  • मत्स्य पालनमा संलग्न कृषक एवं व्यवसायीहरुलाई आवश्यक प्राविधिक सर–सल्लाह एवं सेवा टेवा प्रदान गर्ने ।
  • खेर गई रहेका जलाशयहरुको सदुपयोग गर्न कृषकहरुलाई अभिप्रेरित गरी रोजगारीका अवसरहरुमा वृद्धि गराउनाका साथै कृषकको आय आर्जनमा मद्दत पुर् याउने ।
  • बढदो मत्स्य बीजको मागलाई पुरा गर्न निजी क्षेत्रलाई माछा भुरा आपुर्तिको कार्यमा वढि संलग्न गराउन मत्स्य ह्याचरी तथा नर्सरीको विकास एवं विस्तार गर्न प्रोत्साहित गर्ने र आवश्यक प्राविधिक सहयोग एवं सेवा टेवा प्रदान गर्ने । 

 कार्यक्षेत्रः

प्राकृतिक जल सम्पदामा सम्पन्न र बिगत बर्षहरु देखि तिब्ररुपमा बृद्धि हुदै गएको कृत्रिम जलाशयहरुले परिपूर्ण ७ नं. प्रदेशमा अवस्थित यस मत्स्य बिकास केन्द्रको कार्यक्षेत्र मुख्य रुपमा तराईका दुई जिल्लाहरु कैलाली र कञ्चनपुर हो ।

यस बाहेक यस प्रदेशका पहाडी जिल्लामा मत्स्यपालनमा संलग्न कृषकहरुलार्ई प्राबिधिक सहयोगका साथै मत्स्य बीज उपलब्ध गराउदै आएको छ । बिगत बर्षहरु देखि पहाडी जिल्लाहरुमा मत्स्यपालनको प्रचुर सम्भावना र प्राणी प्रोटीनका लागि सहज उपलब्ध हुने माछापालनको बिस्तार हुदै गएको र ती क्षेत्रहरुमा प्राबिधिक सेवा र मत्स्य बीजको आपुर्तिको जिम्मेवारी पनि यसै मत्स्य बिकास केन्द्रको रहेको छ । यस केन्द्रबाट उत्पादन भएको मत्स्य बीजहरु यस ७ नं. प्रदेश बाहेक बाँके, बर्दिया जिल्लामा समेत बिक्रि बितरण भईरहेको छ ।